एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।