बुधबार, असार ११,२०८२ 05:03:30
  • बुधबार, असार ११,२०८२ 05:03:30
Global IME Bank Limited

लगानी र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो सेक्टरको रु.६.३१ खर्बको सेयर कारोबार

Hyundai Nepal
लगानी र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो सेक्टरको रु.६.३१ खर्बको सेयर कारोबार
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा लगानी र विकास बैंक सेक्टरमा लगानीकर्ताहरको आकर्षण देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कअनुसार लगानी समूह र विकास बैंक समूूको सेयर कारोबार सर्वाधिक बृद्धि भएको छ ।  

सो अवधिसम्म लगानी समूहको १ खर्ब ३८ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । गत आवको सोही अवधिसम्मको तुलनामा यो सेक्टरको सेयर कारोबार ३८४.८५ प्रतिशत बृद्धि भएको छ ।  

गत आवको १० महिनासम्ममा लगानी समूहको २८ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो । नेप्सेमा लगानी समूहतर्फ कुल ७ वटा कम्पनी सूचीकृत छन् ।  

नागरिक लगानी कोष, इमर्जिङ नेपाल, हाथवे इन्भेष्टमेन्ट, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र सिइडिबी होल्ङ्सि रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो लगानी सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । केही समयअघि सेयरबजारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हाथवे र सिइडिबि होल्ङ्सि जस्ता कम्पनीको उच्च सेयर कारोबार भएको थियो । नेप्सेको फ्लोरसिटअनुसार सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचीमा प्राय एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी पर्ने गर्दछ । यसकारण पनि लगानी समूहको सेयर कारोबारमा उच्च बृद्धि देखिएको हो ।  

त्यसलगत्तै विकास बैंक समूहमा पनि उच्च आकर्षण देखिएको छ । यो समूहको पनि ३७९.७४ प्रतिशतले सेयर कारोबार बृद्धि भएको छ । चालु आवको १० महिनासम्ममा विकास बैंक समूहको १ अर्ब ३८ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । गत आवको सोही अवधिसम्म भने यो समूहको जम्मा २८ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  

विकास बैंक समूहतर्फ कुल १५ वटा बैंक सूचीकृत छन् । पछिल्लो समय लो क्यापमा गनिने विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा यो समूहको सेयर कारोबार ह्वात्तै बढेको हो ।  

बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक लगानीकर्ताको रोजाइमा पर्ने बैंक हुन् । अन्य बैंकको तुलनामा यी बैंकहरुको सूचीकृत सेयर संख्या कम भएकाले पनि लगानीकर्ताको नजरमा बढी यी बैंकहरु पर्ने गर्दछन् ।  

त्यस्तै, फाइनान्स सेक्टरको सेयर कारोबार ३७१।०९ प्रतिशतले बृद्धि भएको छ । सो अवधिसम्म यस समूहको १ खर्ब ६१ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । गत आवमा भने यस समूहको ३४ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको थियो ।  

१० महिनासम्ममा सबैभन्दा बढी हाइड्रो समूहको सेयर कारोबार भएको छ । यो समूहको सो अवधिसम्म ६ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको तुलनामा ३१४.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म हाइड्रो समूहको १ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  

त्यस्तै, वाणिज्य बैंक समूहको १ खर्ब ५७ अर्ब ९५ करोड, माइक्रोफाइनान्स समूहको १ खर्ब १४ अर्ब ५० करोड, अन्य समूहको १ खर्ब १० अर्ब ४५ करोड, जीवन बीमा समूहको ९७ अर्ब ६ करोड, उत्पादन तथा प्रशोधन समूहको ६८ अर्ब २२ करोड, निर्जीवन बीमा समूहको ६६ अर्ब २ करोड, होटल तथा पर्यटन समूहको ३० अर्ब ७७ करोड, व्यापार समूहको ५अर्ब ७९ करोड र म्युचुअल फण्ड समूहको ४ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.