गिरावटका साथ गर्यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्, ‘कारोबारले भने साथ दिईरहेको छ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४१.४९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर...