थप दुई कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?
काठमाण्डौ । आइपीओ निष्कासनको अनुमति माग्दै थप दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हाइड्रो समूहको म्याग्दी हाइड्रोपावर लिमिटेड र होटल तथा पर्यटन समूहको माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।