शनिबार, बैशाख १३,२०८२ 06:17:33
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:17:33
IME remit
Global IME Bank Limited

स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु

Hyundai Nepal
स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु
Nabil Bank Limited

काठमाण्डौ। स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको छ । नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको हो ।

स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न लागिएको जनाएको छ ।

नेपालको पूँजी बजारमा सहभागी सबैलाई वित्तीय साक्षरता, लगानी र ट्रेडिङ सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले निःशुल्क रुपमा सेयर बजार कार्यशाला सुरु गर्न लागिएको स्मार्ट कम्युनिटीले जनाएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

‘हामी अधिकतम मानिसहरूलाई आर्थिक रूपमा सशक्त बनाउने हाम्रो मुख्य उद्देश्यका साथ अघि बढिरहेका छौं,’ स्मार्ट कम्युनिटीका एक प्रतिनिधिले बताए ।

स्मार्टले हालसम्म विभिन्न कार्यक्रमहरू शतप्रतिशत निःशुल्क रुपमा आयोजना गर्दै आएको छ, जसमा हजारौँ सहभागीहरू लाभान्वित भइसकेको जनाइएको छ ।

स्मार्टको कार्यशालामा सहभागीहरूले सेयर बजारको आधारभूत जानकारीसहित लगानी र ट्रेडिङका तरिकाहरू तथा  जोखिम व्यवस्थापन र मार्केट एनालाइसिस विधिबारे जानकारी पाउनेछन् ।

Muktinath Bikas Bank Limited

कार्यशालामा सबैखाले उमेर समूह, व्यवसाय, र अनुभव भएका सबैका लागि उपयुक्त हुने गरी कोर्स तयार गरिएको छ । ‘सेयर बजारबारे जान्न चाहने तर सुरु कसरी गर्ने भन्ने अन्योलमा रहेका सबैका लागि यो सुनौलो अवसर हो, स्मार्ट कम्युनिटीका संयोजकले बताए ।

कार्यशालाको तालिका र स्थानको जानकारी स्मार्ट कम्युनिटीको आधिकारिक सामाजिक सञ्जालहरूमा उपलब्ध छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.