एप्पल पहिलोपटक उक्लियो चिनीयाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा, हुवावेले पनि गर्यो पुनरागमन
काठमाण्डौ । आईफोन निर्माता अमेरिकी कम्पनी एप्पल चीनमा पहिलोपटक सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता बनेको छ । बिहिबार सार्वजनिक भएको सन् २०२३ को तथ्यांकका अनुसार एप्पल ढुवानीका आधारमा चिनीयाँ बजारमा सबैभन्दा ठूलो बिक्रेता बन्न सफल भएको हो ।