काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.३३ प्रतिशत अर्थात ११४ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ५ हजार ४१ डलरमा कारोबार भईरहेको छ । अमेरिकी मुद्रास्फीति दर अपेक्षाभन्दा कम भएको रिपोर्ट सार्वजनिक भएसँगै सुनको मूल्य बढेको हो ।
यसले बलियो अमेरिकी रोजगारी रिपोर्टका कारण उत्पन्न चिन्ता कम गर्नुका साथै फेडरल रिजर्भले यस वर्ष ब्याजदर घटाउन सक्ने आशा बढाएको छ ।
अमेरिकाको उपभोक्ता मूल्य सूचकांक जनवरीमा ०.२ प्रतिशत मात्र बढेको छ, जुन अर्थशास्त्रीहरूको अनुमान ०.३ प्रतिशत भन्दा कम हो। डिसेम्बरको वृद्धि ०.३ प्रतिशत रहेको थियो। यस नरम मुद्रास्फीतिले फेडले ब्याजदर कटौती गर्ने सम्भावना बढाएको छ।
यस्तै आज चाँदीको भाउ पनि १.५८ डलरले बढेर प्रतिऔंस ७७ डलरमा कारोबार भईरहेको छ ।

