रिलायन्स फाइनान्सका सेयरधनीहरुको हात यसपाली पनि रित्तै हुने
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुको हात यसपाली पनि खाली हुने भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

