काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त बाँकी नगद लाभांश बुझिलिनु पर्नेछ ।
उक्त अवधिभित्र पनि बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले सेयर अभौतिकीकरण गर्न र सेयरधनी विवरणमा प्यान नम्बर अद्यावधि गर्न समेत आग्रह गरेको छ ।

