काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।