शनिबार, बैशाख १३,२०८२ 04:55:18
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 04:55:18
IME remit
Global IME Bank Limited

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् ।

जीवन बीमा समूह ०.३३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.१४ प्रतिशतले घटेको छ । आज १० वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सानिमा जिआइसी रहेको छ । कम्पनीको सेयरभाउ १.३४ प्रतिशतले बढेर ६७१ रुपैयाँ कायम भएको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.०९ प्रतिशत, सिटिजन लाइफको ०.८८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२८ प्रतिशत, नेशनल लाइफको ०.१७ प्रतिशत, नेपाल रि को ०.१५ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.१३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१० प्रतिशत र नेपाल लाइफको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.६४ प्रतिशतले घटेर ११७९ रुपैयाँ कायम भएको छ । 

Muktinath Bikas Bank Limited

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.३० प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२४ प्रतिशत, हिमालयन एभरेष्टको १.०७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.९९ प्रतिशत, आरबीसीएलको ०.७१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५२ प्रतिशत, हिमालयन लाइफको ०.४२ प्रतिशत, आइजीआई प्रुडेन्सिलयको ०.३२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२४ प्रतिशत, युनाइटेड अजोडको ०.२२ प्रतिशत, आइएमई लाइफको ०.२१ प्रतिशत, सुर्यज्योति लाइफको ०.११ प्रतिशत र एशियन लाइफको ०.०७ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.