काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूह मात्रै बढेको छ भने बाँकी १० वटा उपसूचक घटेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३९ प्रतिशत र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घटेको छ । आज ११ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३३ प्रतिशतले बढेर ९६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, यु्नाइटेड अजोडको १.१२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७६ प्रतिशत, हिमालयन एभरेष्टको ०.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६४ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५० प्रतिशत, सानिमा जिआइसीको ०.१५ प्रतिशत र नेको इन्स्योरेन्सको ०.११ प्रतिशत, आइएमई लाइफको ०.११ प्रतिशत, एशियन लाइफको ०.१४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ३.२० प्रतिशतले घटेर १५ हजार ६८१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको १.३८ प्रतिशत, नेशनल लाइफको ०.९० प्रतिशत, हिमालयन लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६४ प्रतिशत, सिटिजन लाइफको ०.५८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.५० प्रतिशत, सुर्यज्योति लाइफको ०.४७ प्रतिशत, नेपाल लाइफको ०.४५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४१ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.२९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.२७ प्रतिशत, एलआइसी नेपालको ०.१७ प्रतिशत र सन नेपाल लाइफको ०.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                