काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचक नै बढेको छ । जीवन बीमा समूह ०.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४२ प्रतिशतले बृद्धि भएको छ । आज १५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ ।
कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ५९९ रुपैयाँ पुगेको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियलको ३.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५८ प्रतिशत, हिमालयन रि को १.२३ प्रतिशत, सुर्यज्योति लाइफको १.०२ प्रतिशत, नेशनल लाइफको ०.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६३ प्रतिशत, आरबीसीएलको ०.६६ प्रतिशत, हिमालयन एभरेष्टको ०.६३ प्रतिशत, शिखरको ०.६२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३७ प्रतिशत, सिटिजन लाइफको ०.१४ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.०३ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९६ प्रतिशतले घटेर ७४९ रुपैयाँ कायम भएको छ । त्यसतै, सानिमा जिआइसीको १.२२ प्रतिशत, नेपाल लाइफको ०.६४ प्रतिशत, एलआइसी नेपालको ०.५३ प्रतिशत, सन नेपाल लाइफको ०.५६ प्रतिशत, युनाइटेड अजोडको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.२४ प्रतिशत, एनएलजीको ०.१० प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ घटेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                