काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा कायम भएको छ । नेप्सेम सूचीकृत ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज घटेका छन् ।
जीवन बीमा समूह ०.५० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले घटेको छ । आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.९४ प्रतिशतले बढेर ६०२.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सानिमा जिआइसीको १.८० प्रतिशत, एनएलजीको १.५७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.९३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६२ प्रतिशत, सिटिजन लाइफको ०.४३ प्रतिशत, हिमालयन लाइफको ०.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२२ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.१२ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५६ प्रतिशतले घटेर ९१२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको २.५५ प्रतिशत, सन नेपाल लाइफको २.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.६२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४२ प्रतिशत, युनाइटेड अजोडको १.४० प्रतिशत, हिमालयन रि को १.२५ प्रतिशत, नेपाल लाइफको १.१८ प्रतिशत, सुर्यज्योति लाइफको १.११ प्रतिशत, हिमालयन एभरेष्टको ०.९५ प्रतिशत, आइएमई लाइफको ०.९३ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८६ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.५५ प्रतिशत, एलआइसी नेपालको ०.४५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.३७ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                