मंगलवार, फाल्गुन ५,२०८२ 12:11:56
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:11:56
Bizshala
Global IME Bank Limited

एलआईसी नेपालले माघ २१ गतेदेखि ४.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

एलआईसी नेपालले माघ २१ गतेदेखि ४.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले यही माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीको शाखा कार्यालयहरु,विराटनगर, विरगञ्ज,पुतलीसडक,पोखरा, नेपालगञ्ज,बुटवल,सुर्खेत र धनगढीमा आवेदन पेश गर्न सक्नेछन् ।  

आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म  चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गर्न लागेको हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.