काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा कायम भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ ।
आज ८ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ४०० रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियलको १.५३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४१ प्रतिशत, शिखरको ०.९६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७१ प्रतिशत, एलआइसी नेपालको ०.१० प्रतिशत र आरबीसीएलको ०.४८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.७३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ २.३० प्रतिशतले घटेर ११४८ रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड अजोडको २.२८ प्रतिशत, हिमालयन एभरेष्टको १.७८ प्रतिशत, सलिकोको १.६३ प्रतिशत, सुर्यज्योति लाइफको ०.९८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८७ प्रतिशत, सानिमा जिआइसीको ०.७४ प्रतिशत, हिमालयन लाइफको ०.७१ प्रतिशत, नेकोको ०.३७ प्रतिशत, नेपाल लाइफको ०.२८ प्रतिशत र एशियन लाइफको ०.२६ प्रतिशतले सेयरभाउ घटेको छ।
यसका साथै आइएमई लाइफको ०.२१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०५ प्रतिशत र सिटिजन लाइफको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                