बिहीबार, बैशाख ३,२०८३ 06:05:30
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 06:05:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एप्पलले लञ्च गर्यो सस्तो आईफोन, यस्ता छन् फिचर्स र मूल्य

Bizshala
एप्पलले लञ्च गर्यो सस्तो आईफोन, यस्ता छन् फिचर्स र मूल्य
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले यो पटक सेप्टेम्बर अघिनै नयाँ स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले आईफोन १७ सिरिज अघिनै नयाँ सस्तो आईफोन लञ्च गरेको हो ।  

कम्पनीले बुधबार मुख्य आईफोन मोडलभन्दा सस्तो मूल्य भएको नयाँ आईफोन मोडल घोषणा गरेको छ । १६ई नाम दिइएको यो नयाँ मोडको मूल्य ५९९ डलर रहेको छ । यसको बिक्री भने यही महिनादेखि गर्ने कम्पनीको तयारी रहेको छ ।  

यो नयाँ आईफोन १६ई मा होम बटन र फिङगरप्रिन्ट सेन्सर उपलब्ध छैन । यसको साटो यसमा एप्पल फेस आईडी र स्क्रिनको माथिल्लो भागमा सेन्सर नचसहित आधुनिक डिजाइन दिइएको छ । यसमा एप्पलको ए१८ चिप प्रयोग गरिएको छ । यसको प्रयोग मुख्य आईफोन १६ मोडलहरुमा प्रयोग गरिएको छ ।  

अपडेटेड प्रोसेसरको अर्थ आईफोन १६ईमा महङ्गो आईफोनहरुमा चल्ने सबै एपहरु चल्नेछन् । यो आईफोन कालो र सेता रंगमा उपलब्ध हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो फोनमा एप्पलको पहिलो सेलुलर मोडेम पनि समावेश छ । जसलाई सीवान पनि भनिन्छ । आईफोनमा विगत केही वर्षदेखि क्वालकम मोडेमहरु प्रयोग हुँदै आईरहेको छ ।  

१६ई फोनमा ४८ मेगा पिक्सेलको सिंगल क्यामेरा लन्स रहेको छ । कम्पनीले यसको ब्याट्री पुरै एक दिन चल्ने दाबी गरेको छ । यसमा २६ घण्टाको भिडियो प्लेब्याकको समेत दाबी गरिएको छ ।  

यस्तै यसमा युएसबी टाइप सी पोर्ट दिइएको छ । आईफोन १६ईमा ६.१ इन्चको ओइलईडी डिस्प्ले रहेको छ । यो एप्पल इन्टिलिजेन्स सपोर्टका साथ आउनेछ र यो फोन फाइभजी सपोर्ट ह्याण्सेट हो । यसमा वायरलेस चार्जिङ सपोर्ट पनि प्राप्त हुनेछ । यसका साथै यसमा एप्पलको इमर्जेन्सी एसओएस सर्भिस पनि हुनेछ, जुन सेटेलाइटमा आधारित छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसैगरी यसमा भिजुअल इन्टिलिजेन्स फिचर पनि दिइएको छ । जुन आईफोन १६ लाइनअपमा समेत रहेको छ ।  

बिक्री बढाउन एप्पलले पछिल्लोसमय सस्तो फोनहरुमा जोड दिईरहेको छ । गत डिसेम्बर महिनामा एप्पलको समग्र आईफोन बिक्री १ प्रतिशतले घटेको थियो । यद्यपी कम्पनीले एक वर्षको अवधिमा ६९ बिलियन डलरबराबरको आईफोन बिक्री गरेको थियो ।  

नयाँ ग्राहकहरुलाई आईफोनको इको स्टिममा प्रवेश गराउन कम्पनीले कम मूल्य पर्ने आईफोनमा जोड दिईरहेको विज्ञहरुले बताएका छन् ।      

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.