काठमाण्डौ । टाइल ब्राण्ड लामिनार टाइल्सले देशकै पहिलो र एकमात्र फुल–बडी टाइल "CENTO" संग्रह सार्वजनिक गरेको छ। लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै "CENTO" नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रह बजारमा ल्याएको हो।
फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतह देखि पुरै अंश एउटै डिजाईनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन। लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार PEI रेटिङ्ग ५ (जसले कुनैपनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण CENTO" टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि समेत यो टाइल्स उपयुक्त भएको कम्पनीको भनाई छ।
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ऋभ्ल्त्इू ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ। यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्लरक्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                