आईतवार, जेष्ठ ३,२०८३ 09:24:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:24:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारका ठूला कम्पनीमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स, कति छ बजार हिस्सा ?

Laxmi Sunrise Bank Limited
सेयरबजारका ठूला कम्पनीमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स, कति छ बजार हिस्सा ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा धेरै हिस्सा भएका कम्पनी सेयरबजारका ठूला कम्पनी हुन् । बजारमा ठूला कम्पनीको सेयरभाउ घटबढ हुँदा नेप्से परिसूचक नै तलमाथि हुन सक्ने सम्भावना रहन्छ । यसकारण बजारमा ठूला हिस्सा भएका कम्पनीको कारोबारले विशेष महत्व राख्ने गर्दछ ।  

पूँजीकृत रकम धेरै भएका कम्पनी नै बजारका ठूला कम्पनी हुन् । त्यस्ता कम्पनीको सेयरभाउ सामान्य बढेपनि कुल पूँजीकरण बढ्न टेवा पुग्दछ ।  

कुल सूचीकृत सेयर संख्याको कुल मूल्य नै पूँजीकृत रकम हो । यसर्थमा दोस्रो बजारमा धेरै पूँजीकरण बढ्न सूचीकृत कम्पनीको सेयर संख्या बढी भएमा र त्यस्ता कम्पनीको मूल्य बढेमा बजार पूँजीकरण बढ्न जान्छ ।  

पूँजीकरणको आधारमा सेयरबजारमा १० ठूला कम्पनीको सूचीमा दुई पुनर्बीमा कम्पनी पनि छन् । नेपाल पुनर्बीमा कम्पनी दोस्रो नम्बरमा छ भने हिमालयन रि इन्स्योरेन्स छैठौं नम्बरमा छ ।  

Bizshala
New Office
CG Motors

यी दुई कम्पनीको सूचीकृत सेयर संख्या बढी भएसँगै पछिल्लो समय सेयरमूल्य पनि बढ्दै जाँदा बजार पूँजीकरणमा हिस्सा थपिएको हो । केही दिनयता हिमालयन रि र नेपाल रि को सेयर कारोबार पनि बढ्दै गएको छ । नेप्सेको फ्लोरसिटमा दैनिक यी दुई कम्पनीको सेयरकारोबार उच्च देखिन्छ । बजारमा यी दुई कम्पनीमा लगानीकर्ताको आकर्षण पनि अत्यधिक देखिएको छ ।  

पूँजीकरणको आधारमा अहिले सेयरबजारमा सबैभन्दा ठूलो कम्पनी भने विशाल बजार कम्पनी हो । यो कम्पनीको कुल पूँजीकरणमा ४.७५ प्रतिशत हिस्सा रहेको छ । उक्त कम्पनीको बजार पूँजीकरण २ खर्ब २२ अर्ब भन्दा बढी छ ।  

त्यस्तै, दोस्रो ठूलो कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । यो कम्पनीको कुल पूँजीकरणमा ३.८७ प्रतिशत हिस्सा छ । नेपाल रि को बजार पूँजीकरण १ खर्ब ८१ अर्ब भन्दा बढी छ ।  

पछिल्लो समय नेपाल रि इन्स्योरेन्सको दोस्रो बजारमा निकै चर्चा छ । केहीदिन यता यो कम्पनीको सेयरभाउ ह्वात्तै बढेकाले धितोपत्र बजार पूँजीकरणमा हिस्सा पनि बढ्दै गएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, एक वर्षअघि बजारमा सबैभन्दा ठूलो कम्पनीको रुपमा गनिने नेपाल टेलिकम अहिले तेस्रो नम्बरमा रहेको छ । कम्पनीको बजार पूँजीकरण हिस्सा ३.५७ प्रतिशत रहेको छ । यो कम्पनीको १ खर्ब ६७ अर्ब रुपैयाँ भन्दा बढी बजार पूँजीकरण रहेको छ ।  

नबिल बैंक र नागरिक लगानी कोष पनि बजारका १० ठूला कम्पनीभित्र पर्दछन् । नबिल बैंकको बजार पूँजीकरण हिस्सा २.८८ प्रतिशत र नागरिक लगानी कोषको २.८५ प्रतिशत छ ।  

यता हिमालयन रि इन्स्योरेन्स छैठौं नम्बरमा रहेको छ । कम्पनीको बजार पूँजीकरण हिस्सा २.३८ प्रतिशत रहेको छ । यो कम्पनीको बजार पूँजीकरण १ खर्ब ११ अर्ब रुपैयाँ छ ।  

त्यस्तै, ग्लोबल आइएमई बैंकको १.९० प्रतिशत, एभरेष्ट बैंकको १.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.६२ प्रतिशत र नेपाल लाइफको १.५८ प्रतिशत हिस्सा छ ।

 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.