शुक्रबार, श्रावण १,२०८३ 01:24:21
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:24:21
Bizshala
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने
New Office

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  

लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरुः विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,विराटनगर,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि  बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।  

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद निष्कासनका लागि गत माघ २२ गते  स्वीकृती पाएको थियो । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.