शनिबार, पुष ५,२०८२ 12:14:51
Bizshala
  • शनिबार, पुष ५,२०८२ 12:14:51
Bizshala
Global IME Bank Limited
Bizshala

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

Hyundai Nepal
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसमूह घटेका छन् । जीवन बीमा समूह १.७४ प्रतिशत र निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ । आज तीनवटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर १८३९.४० रुपैयाँ पुगेको छ ।

CG Motors
Garima Development Bank
Bizshala

त्यस्तै, नेपाल इन्स्योरेन्सको १.११ प्रतिशतले बढेर १००५ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ०.४४ प्रतिशतले बढेर ९१४ रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ५.५१२ प्रतिशतले घटेर १११५ रुपैयाँ कायम भएको छ । यसका साथै युनाइटेड अजोडको ३.६७ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३.४१ प्रतिशत, शिखरको २.७६ प्रतिशत, हिमालयन रि को २.५२ प्रतिशत, आइएमई लाइफको २.२१ प्रतिशत, हिमालयन लाइफको २.१९ प्रतिशत, नेपाल लाइफको २.१३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.८९ प्रतिशत र सुर्यज्योति लाइफको १.७० प्रतिशतले सेयरभाउ घटेको छ । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, सिद्धार्थ प्रिमियरको १.६९ प्रतिशत, हिमालयन एभरेष्टको १.६८ प्रतिशत, सलिकोको १.४४ प्रतिशत, सानिमा जिआइसीको १.४२ प्रतिशत, सन नेपाल लाइफको १.३९ प्रतिशत, आरबीसीएलको १.२७ प्रतिशत, एशियन लाइफको ०.९० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८० प्रतिशत, नेशनल लाइफको ०.५९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५८ प्रतिशत, सिटिजन लाइफको ०.१८ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०३ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.