सोमबार, फाल्गुन ४,२०८२ 09:02:51
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 09:02:51
Bizshala
Global IME Bank Limited

लगातार सात दिनको गिरावटमा १३९ अंकले घट्यो नेप्से, आज विकास बैंक समूहमा हरियाली

लगातार सात दिनको गिरावटमा १३९ अंकले घट्यो नेप्से, आज विकास बैंक समूहमा हरियाली
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३२.२१ अंकले घटेर २ हजार ७१९.२० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४५६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यससँगै नेप्से लगातार ७ दिन घटेको छ । यो अवधिमा नेप्से परिसूचक १३९.२३ अंकले घटेको छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘ राजनीतिक विषयका कारण सेयर बजार विगत केही दिनदेखि निरन्तर घटिरहेको छ । सामाजिक सञ्जालमा आईरहेका नकारात्मक टिप्पणीका कारण समेत बजारमा दबाब परेको छ ।’

लगातार बजार घट्नुले प्यानिक सेलको अवस्थामा बजार पुगेको उनले बताए । यद्यपी पौडेलले हाईड्रो र विकास बैंक चल्न थालेपछि फेरि बजार सम्हालिने विश्वास व्यक्त गरे । ‘सेयर कर्जा प्रवाह राम्रै भएको छ र बजारमा तरलता समेत सहज छ,’ उनले भने  

अर्का बजार जानकार नीमानन्द कंडेलपनि पनि राजनीतिक कारणले बजार घटेको बताए । लगानीकर्तामा ठूलो आन्दोलन हुन्छ कि भन्ने भयले डेरा जमाउदा उनीहरु अत्तालिदा बजारमा गिरावट आएको कंडेलले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज विकास बैंक समूह १.९३ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात २.४९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७१ प्रतिशत,फाइनान्स १.५७, होटल १.१३,हाईड्रो १.५१, लगानी १.८९,जीवन बीमा १.३०,लघुवित्त ०.८९,म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.९९,अन्य १.६८ र व्यापार समूह १.७९ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५८ करोड ६५ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ५३ करोड ३६ लाख,महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख र गार्डियन माइक्रो लाइफको ३७ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  महालक्ष्मी विकास बैंकको सेयरमूल्य आज ९.९८ प्रतिशतले घट्यो । विन नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ८.८० प्रतिशत,ज्योति विकास बैंकको ३.३५ र सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.११ प्रतिशतले बढ्यो ।  

नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.६९ प्रतिशतले घट्यो । यस्तै उन्नती सहकार्य लघुवित्तको ५.३६ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ४.७२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.