शनिबार, पुष ५,२०८२ 12:15:22
Bizshala
  • शनिबार, पुष ५,२०८२ 12:15:22
Bizshala
Global IME Bank Limited
Bizshala

साताको पाँचै कारोबार दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘चैत मसान्तको दबाब’

Hyundai Nepal
साताको पाँचै कारोबार दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘चैत मसान्तको दबाब’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४६ प्रतिशत अर्थात १२.३८ अंकले घटेर २ हजार ६६९.७६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४७.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Garima Development Bank
Bizshala

आजको गिरावटसँगै नेप्से लगातार ५ दिन घटेको छ ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘यो समय भनेको सिजिनल रुपमा पनि साइडवेज चल्ने बेला हो । केही राजावादी लगायतका दलहरुले आन्दोनका कार्यक्रम घोषणा गरेकाले लगानीकर्तामा अन्यौलताको अवस्था समेत रहेको छ । नयाँ गभर्नरमा कुन व्यक्ति आउने भन्ने पनि एकिन भईसकेको छैन । यस्तो अवस्थामा बजारमा सुधार देखिएको छैन । ’

यद्यपी बजारमा चैत १८–२० गतेदेखि भने सुधार हुन सक्ने उनले बताए ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि आम रुपमा चैत महिना साइडवेज नै चल्ने गरेको बताए । उनले चैत मसान्तको प्रभाव समेत बजारमा परेको हुनसक्ने आँकलन गरे ।  

यस्तै गणतन्त्र र राजावादी आन्दोलनकर्ताबीचको टकरावका कारण विदेशी हस्तक्षेप हुनसक्ने सम्भावनाले लगानीकर्ता डराएको उनको ठहर छ ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो छायो । आज जीवन बीमा समूह मात्रै बढ्यो । यो समूह आज ०.०३ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । फाइनान्स समूह आज १.३५ प्रतिशत, बैंकिङ ०.३७, विकास बैंक ०.२०,होटल ०.५०,हाईड्रो ०.६४,लगानी ०.१०,उत्पादन तथा प्रशोधन ०.७१,लघुवित्त ०.५५,म्युचुअल फण्ड ०.३९,निर्जीवन बीमा ०.९६,अन्य ०.६१ र व्यापार समूह ०.३२ प्रतिशतले घटेको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड २१ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २३ करोड १२ लाख,सिन्धु विकासको १६ करोड ६४ लाख,युनाइटेड मोदीको १६ करोड २३ लाख र घलेम्दी हाईड्रोको १३ करोड ६ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ७.५३ प्रतिशतले बढ्यो । एशियन हाईड्रोको सेयरमूल्य पनि आज ५.४९ प्रतिशत,सिन्धु विकास बैंकको ४.९७ प्रतिशत,गार्डियन माइक्रो लाइफको ४.४३ र स्वेत गंगा हाईड्रोको सेयरमूल्य ४.२४ प्रतिशतले बढ्यो ।  

मिथिला लघुवित्त र भूगोल इनर्जीकोे सेयरमूल्य आज सर्वाधिक घट्यो । यी कम्पनीहरुको सेयरमूल्य आज १० प्रतिशतले घट्दै लोअर सर्किट लाग्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.