शुक्रबार, श्रावण १,२०८३ 05:51:03
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 05:51:03
Bizshala
Global IME Bank Limited

‘एक टीएमएस एक डीपी’ हुनुपर्ने ब्रोकरहरुको माग, साढे २ करोडको सेयर किनेर लगानीकर्ता बेपत्ता !

‘एक टीएमएस एक डीपी’ हुनुपर्ने ब्रोकरहरुको माग, साढे २ करोडको सेयर किनेर लगानीकर्ता बेपत्ता !
New Office

काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले एक टीएमएस एक डीपीको माग राखेका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले यस विषयमा धितोपत्र बोर्डमा आफूहरुले लबिङ गरेको जानकारी दिएका हुन् ।  

लगानीकर्ताहरुले करोेडौको सेयर किनेर अर्को ब्रोकरमार्फत सेयर बेच्न थालेपछि ब्रोकरहरुले एक डीपी एक टीएमएसको माग राखेको ढकालले बताए । अध्यक्ष ढकालका अनुुसार हाल ब्रोकरहरुले बिश्वासको आधारमा लगानीकर्ताहरुलाई करोडौसम्म कोल्याट्रल दिएका छन् । उनले उदाहरण दिँदै भने, ‘यदि कसैले २५ लाख रुपैयाँ ब्रोकरलाई दिएमा ब्रोकरले बिश्वासको आधारमा एक करोडसम्म कोल्याट्रल दिनसक्छ । तर बाहिरको डीपी भएको खण्डमा किनेको सेयर दोस्रो ब्रोकर वा डीपीमा जाने गर्छ । पहिलो ब्रोकरमा पैसा नतिरी लगानीकर्ताले दोस्रो ब्रोकरबाट सेयर बेचेर लगानीकर्ता सम्पर्कविहिन हुने प्रवृत्ति बढेपछि हामीले एक डीपी एक टीएमएसको माग राखेका हौं ।’ ढकालले थप्दै भने ‘केही दिन अघि एक ब्रोकरबाट एक लगानीकर्ताले बिश्वासको आधारमा दिएको  साढे २ करोडको सेयर किनेर लगानीकर्ता सम्पर्कविहिन भए । त्यसपछि ब्रोकरहरुलाई सेटलमेन्टको लागि हम्मे हम्मे भयो । ’  

यस विषयमा धितोपत्र बोर्डसँग छलफल भएको र बोर्ड पहिले सहमत नभएता पनि ब्रोकरलाई व्यहबारिक  समस्या पर्दै गएपछि भने बोर्ड यस विषयमा सहमत हुँदै गएको अध्यक्ष ढकालले जानकारी दिए । हाल सेयर बजारमा लगानीकर्ताले २५ प्रतिशत ग्यारेन्टि राखेर शतप्रतिशत सेयर किन्ने प्रचलन रहेको छ । तर लगानीकर्ताले बाँकी पैसा नतिरिकन दोस्रो ब्रोकरबाट सेयर बेच्न थाले पछि ब्रोकरहरुलाई यस्तो समस्या पर्न थालेको हो । 

हाल सेयर बजारमा एक ब्रोकरबाट सेयर किनेर बीओटु बीओ गर्ने तथा दोस्रो ब्रोकरबाट सेयर बेच्ने प्रचलन बढ्दै गएको ब्रोकरहरुले गुनासो गर्दै आएका छन् । हाल एक लगानीकर्ताले २ वटा मात्रै डीपी खोल्न मिल्ने व्यबस्था रहेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले हालको व्यवस्थालाई परिमार्जन गरेर लगानीकर्ताहरुले मल्टिपल डीपी खोल्न पाउनु पर्ने र एक डीपी एक टीएमएस हुनुपर्ने माग राखेको बताए । तर यो विषयमा हालसम्म कुनैपनि निर्णय नभएको पनि प्रवक्ता घिमिरेले जानकारी दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.