काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६६ अंकले बढेर २ हजार ६७६.२८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४६.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजारमा चैत मसान्तको प्रभाव अझै रहेको देखिन्छ । ब्रोकरहरुले यतिबेला लिमिट टाइट गरेका छन् । बैंकहरुले पनि नयाँ कर्जा रोकेका छन् । यस कारण बजारमा अहिले सूचक र कारोबारमा खासै सुधार नआएको हो ।’
आज बजार सकारात्मक हुनु भने सुखद पक्ष रहेको र गभर्नरको विषयले बजार साइडवेज चलेको उनले बताए ।
नेपाल सेयरधनी संघका कोषाध्यक्ष खोमनाथ प्याकुरेलले पनि बजारमा चैत मसान्तकै दबाब बढी देखिएको बताए । ‘यो प्रभाव अझै १–२ दिनसम्म रहन सक्छ । र आगामी साताबाट बजारले राम्रै गति लिन सक्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । होटल समूह आज सर्वाधिक अर्थात २.६५ प्रतिशतले बढ्यो । विकास बैंक ०.४२, फाईनान्स ०.४४,हाईड्रो ०.१९, लगानी १.५६,जीवन बीमा ०.३०,उत्पादन तथा प्रशोधन १.४२, लघुवित्त ०.२६,म्युचुअल फण्ड ०.५७, निर्जीवन बीमा ०.८३ र अन्य समूह ०.३५ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह र व्यापार समूह आज क्रमशः०.०३ र ०.४० प्रतिशत।ले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४२ करोड ७५ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङकाृ पनि आज ३० करोड २२ लाख,हिमालयन रि इन्स्योरेन्सको २७ करोड ४४ लाख,नेपाल पुनर्बीमाको २२ करोड ७२ लाख र राधी विद्युत कम्पनीको २० करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो ।
यस्तै बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ५.१६ प्रतिशत,सोल्टी होटलको ४.१७ र ङादी ग्रुप पावरको सेयरमूल्य ३.५८ प्रतिशतले बढ्यो ।
सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.०५ प्रतिशतले घट्यो ।