काठमाण्डौ । बेलायतले युरोपबाट आउने यात्रुहरुलाई मासु र चिज ल्याउन बन्देज लगाएको छ । बेलायत सरकारले ‘फुट एण्ड माउत डिजिज(एफएमडी)को रोकथामका लागि युरोपेली देशहरुबाट मासुजन्य प्रडक्ट र चिज ल्याउन अस्थाई रोक लगाएको हो ।
यात्रुहरुलाई प्रशोधित मासु,चिज र स्याण्डविच ल्याउन शनिबारदेखि रोक लगाइने जनाइएको छ । यो नियम प्याकिङ गरिएका वा भन्सार शुल्क निःशुल्क भएका खाद्यहरुमा समेत लागू हुने जनाइएको छ ।
यसअघि पनि बेलायतले जर्मनी,हंगेरी,स्लोभाकिया र अष्ट्रिया जस्ता देशहरुलाई यस्तै बन्देज लगाएको थियो ।
एफएमडी एकदमै चाडो सर्ने रोग हो । यो जनावरबाट मानिसहरुमा सर्ने गर्छ । बेलायतमा अहिलेसम्म यो रोग नदेखिएको जनाइएको छ ।