काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.२७ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१६.६६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२९.१६ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि वैशाख ५ गते बुक क्लोज गर्दैछ । यसर्थ वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।