काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता सेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ ।
कुल आवेदकमध्ये ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको १.०५ कित्ता सेयर ३ जना लाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
यसरी बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ ।
संस्थाले गत चैत २१ गतेदेखि २६ गतेसम्म हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो ।