काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा गत वैशाख १२ गतेदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको थियो ।
हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरेको थियो । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरुः विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटलको कार्यालय नक्साल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको थियो ।