मंगलवार, असार १७,२०८२ 01:58:36
  • मंगलवार, असार १७,२०८२ 01:58:36
Global IME Bank Limited

गठबन्धन जोगाउने अन्तिम कसरतमा देउवा, पुगे बालुवाटार

Hyundai Nepal
गठबन्धन जोगाउने अन्तिम कसरतमा देउवा, पुगे बालुवाटार
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयास सुरु भएको छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका हुन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग छलफल गर्न देउवा र खड्का केहीबेरअघि बालुवाटार पुगेका स्रोतले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

हिजो दिनभरि र रातभरिमा दलहरुबीच थुप्रै खालका छलफलहरु भएका छन् । सो क्रममा अहिलेको सत्ता गठबन्धनलाई ढालेर नयाँ समीकरण बनाउने मोटामोटी सहमति बनिसकेको छ । यही सहमतिका कारण आज बिहान ८ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक समेत स्थगित गरिएको थियो ।  

गठबन्धनको बैठक स्थगित भए पनि कांग्रेस सभापति देउवा र उपसभापति खड्का प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । उनीहरुले माओवादीसँग पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधार्ने अन्तिम प्रयास गर्ने दाबी गरिएको छ ।  

तर, घटनाक्रमहरु निकै अगाडि बढेकोले अहिलेको सत्ता गठबन्धन जोगिने सम्भावना नरहेको कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दाबी गरेका छन् । बिजशालासँग कुरा गर्दै उनले कांग्रेसकै केही नेताहरुका कारण माओवादी भड्किएको र अब घटनाक्रम हेर्दा नयाँ सत्ता समीकरण बन्ने अवस्था देखिएको बताए । देउवा र खड्काले माओवादीका अध्यक्ष तथा प्रम प्रचण्डसँग फाइनल टक गर्न खोजे पनि त्यसबाट खासै प्रतिफल ननिस्किने उनको ठोकुवा छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.