सोमबार, असार २९,२०८३ 09:46:21
Bizshala
  • सोमबार, असार २९,२०८३ 09:46:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका चार संसदीय समितिको बैठक बस्दै

Laxmi Sunrise Bank Limited
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका चार संसदीय समितिको बैठक बस्दै

काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक सोमबार बस्ने भएको छ। संसद् सचिवालयले फरक–फरक कार्यसूचीसहित सम्बन्धित सदस्य तथा सरोकारवालाहरूलाई उपस्थित हुन अनुरोध गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको १३औँ बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र अन्य विकास आयोजनाको प्रगतिबारे छलफल तथा जानकारी लिने कार्यसूची रहेको छ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरिनेछ। 

छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा। गोपालकुमार चौधरीलाई आमन्त्रण गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही समयमा कानुन, न्याय तथा मानव अधिकार समितिको आठौँ बैठक पनि सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३’ माथि छलफल हुने कार्यसूची रहेको छ।

यसैबीच, राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। उक्त बैठकमा मधेस प्रदेशमा गरिएको स्थलगत अनुगमनसम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.