Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु

Global IME Bank Limited
अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहका बीच सामाजिक सञ्जालमा उनले लगाएको घडीका बारेमा व्यापक चर्चा भईरहेको छ । अनन्तले लगाएको घडीको ध्यान मेटाका सीईओ तथा अमेरिकी धनाढ्य मार्क जुकरबर्ग र उनकी पत्नीको ध्यान समेत तानेको छ ।  

जुकरबर्ग र उनकी पत्नी प्रिसिला चान अनन्तले लगाएको घडीबारे चासो व्यक्त गरेका छन् । दुवै जना दम्पत्ति गुजरातको जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुन पुगेका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सामाजिक सञ्जालमा भाईरल भईरहेको एउटा भिडियोमा जुकरबर्ग दम्पत्ति अनन्तले लगाएको घडीका देखेर अचम्मित बनेको र त्यसबारे चासो व्यक्त गरेको देखिन्छ । चानले घडिको प्रशंसा गरिरहेको देखिन्छ । यो भिडियो बाहिरिएसँगै अनन्तले लगाएको रिचर्ड मिल टाइमपीस घडीको ब्राण्डबारे चर्चा सुरु भएको छ ।  

यो घडीको मूल्य १५ करोड भारु पर्ने जनाइएको छ ।  

जुकरबर्गले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत अनन्त र राधिकाको जोडीलाई विवाहको शुभकामना दिदै भारतीय विवाहको प्रशंसा गरेका छन् ।  

एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको छोराको विवाह समारोहमा मार्क जुकरबर्ग,बिल गेट्स,गौतम अडाणी,रिहाना लगायत प्रभावशाली व्यक्तिहरु सामेल भएका छन् ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.