मंगलवार, असार ३,२०८२ 03:46:04
  • मंगलवार, असार ३,२०८२ 03:46:04
Global IME Bank Limited

परिसूचकसँगै कारोबारमा पनि गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’

Hyundai Nepal
परिसूचकसँगै कारोबारमा पनि गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.५३ अंकले घटेर २ हजार ६४७.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४४५.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने १० अर्ब ८७ करोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘बजारको अवस्था सकारात्मक नै छ । आजको घटाई भने नाफा बुकको परिणाम हो । गभर्नरको विषयमा पनि लगभग पक्कापक्की जस्तै भईसकेको छ ।’

उनले बजारले नयाँ उचाई दिन शक्ति सञ्चय गरेको समेत दाबी गरे ।  

अर्का बजार जानकार अजय सिंह थापा(जयशम्भु)ले भने बैंकको तेस्रो त्रैमासिक प्रतिवेदनमा वितरणयोग्य मुनाफामा खासै सुधार नभएका कारण बजारमा उत्साह नदेखिएको बताउछन् । यस्तै अधिकांश बैंकहरु सेयर धितो कर्जा उपलब्ध गराउने सक्ने अवस्थामा समेत नभएकाले बजार अहिलेनै माथि जानेमा शसंकित देखिए । ‘प्राविधिक रुपमा बजारले डबल बटम बनाउन खस्दै गरेको देखिन्छ,’ उनले भने ।  

यद्यपी गभर्नरको विषयले भने अब बजार धेरै तरंगित नहुने समेत दाबी गरे ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटा समूहमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५९ प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०.०८, निर्जीवन बीमा ०.०३ र व्यापार समूह ०.४१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७० करोड ९४ लाख बढीको कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ४५ करोड १० लाख, युनिभर्सल पावरको ३८ करोड १३ लाख, एचआईसीसीएलपीको ३५ करोड ३६ लाख र सानिमा माई हाईड्रोको ३३ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।  

यस्तै एनआईएमबी डिबेञ्चर २०९०को मूल्य ५.९१ प्रतिशत,सिटिजन्स बैंक डिबेञ्चर २०९०को मूल्य ५.४३,बाराही हाईड्रोको सेयरमूल्य ५.२६ र रिडि पावर कम्पनीको सेयरमूल्य ५.२६ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.९३ प्रतिशतले ओरालो लाग्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ५.३३ प्रतिशत र त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ५.५३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.