काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.११ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.४थ्७ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको बिक्री आम्दानी ५ अर्ब ८१ करोड थियो ।
कम्पनीको अन्य सञ्चालन आम्दानी ५ करोड ३६ लाख रुपैयाँ र वित्त आम्दानी ६ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको बिक्री तथा वितरण खर्च ८१ करोड ५० लाख र प्रशासनिक खर्च पनि १९ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भको आकार ३.०४ प्रतिशतले बढ्दै ४ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ३ हजार ४९७ रुपैयाँ, रिटर्न अन इक्विटी ३ प्रतिशत र पीई अनुपात १४७ गुणा कायम भएको छ ।