बिहीबार, श्रावण १४,२०८३ 03:57:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:57:24
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्ट बन्यो प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको ‘स्ट्रेन्थ पार्टनर’

शिवम् सिमेन्ट बन्यो प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको ‘स्ट्रेन्थ पार्टनर’
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेड 9th PM CUP - NVA WOMEN'S/MEN'S VOLLEYBALL LEAGUE - 2082 मा ‘स्ट्रेन्थ पार्टनर’ बनेको छ । यो प्रतियोगिता आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुँदैछ । 

राष्ट्रिय खेलको प्रवद्र्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको जनाएको छ । हालै काठमाण्डौमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघकातर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भिपि  निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

शिवम् सिमेन्टले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भईसकेपछि यसको प्रबद्र्धन गर्न विभिन्न प्रतियोगितामा सहकार्य गर्दै आईरहेको छ । 

जसअन्र्तगत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिबल लिगअन्र्तगत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.