काठमाण्डौ । कतारको राष्ट्रिय ध्वजावाहक कम्पनी कतार एयरवेजको नाफा २१ प्रतिशतले बढेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिेवदनअनुसार कम्पनीको वार्षिक खुद नाफा २८ प्रतिशतले बढ्दै २.१ अर्ब डलर(७.८ अर्ब कतारी रियाल) पुगेको छ ।
कम्पनीका सीईओ मोहम्मद अल–मिरले कतार एयरवेजले बदलिदो विश्व परिवशेमा उड्डयन उद्योगमा रणनीतिक साझेदारी समेत सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् ।
कम्पनीले गत वर्ष आर्जन गरेको आम्दानी र यात्रुको तथ्याक अझैसम्म सार्वजनिक गरेको छैन । अष्ट्रेलियाको भिर्जन अष्ट्रेलिया र दक्षिण अफ्रिकाको क्षेत्रिय विमान कम्पनी एयरलिंकको २५–२५ प्रतिशत स्वामित्व खरिद गरेका कारण गत वर्ष कम्पनीको यात्रु संख्यामा उल्लेख्य सुधार आएको हुनसक्ने जनाइएको छ ।
कतार एयरवेजले हालैमात्रै अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ९६ अर्ब डलरमा १६० वटा विमान खरिद गर्ने सम्झौता गरेको थियो । यसका साथै कम्पनीले थप ५० वटा विमान खरिद गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको क्रममा यस्तो सम्झौता गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                