काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढेको छ । आज १४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७८ प्रतिशतले बढेर ८६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.९१ प्रतिशत, नेको इन्स्योरेन्सको १.१३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२६ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.०२ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.६२ प्रतिशतले बढेको । यसका साथै एशियन लाइफको १.१७ प्रतिशत, सिटिजन लाइफको ०.११ प्रतिशत, हिमालयन लाइफको ०.०४ प्रतिशत, एलआइसी नेपालको ०.०६ प्रतिशत, नेपाल लाइफको ०.०५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८१ प्रतिशत, सूर्यज्योति लाइफको ०.१८ प्रतिशत र सन नेपाल लाइफको ०.८० प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.३४ प्रतिशतले घटेर १८३० रुपैयाँ कायम भएको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.३५ प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत, नेशनल लाइफको ०.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१९ प्रतिशत, हिमालयन एभरेष्टको ०.९७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.९८ प्रतिशत, आरबीसीएलको ०.११ प्रतिशत, सानिमा जिआइसीको १.१२ प्रतिशत, सिदार्थ प्रिमियरको ०.०५ प्रतिशत, युनाइटेड अजोडको ०.७० प्रतिशत, हिमालयन रि को १.४५ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                