Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हिमालयन रि सहित १५ बीमा कम्पनीको सेयरमूल्य वृद्धि,प्रभु महालक्ष्मीको सर्वाधिक घट्यो

Global IME Bank Limited
हिमालयन रि सहित १५ बीमा कम्पनीको सेयरमूल्य वृद्धि,प्रभु महालक्ष्मीको सर्वाधिक घट्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ समूह राताम्य भएका छन् भने १० समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले बृद्धि भएको छ । सूचीकृत २६ बीमा कम्पनीमध्ये आज १५ बीमा कम्पनीको सेयरभाउ बढको छ । सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ १.८६ प्रतिशतले बढेर ६२४ रुपैयाँ पुगेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि १.८६ प्रतिशतले बृद्धि भई सेयरभाउ ५६० रुपैयाँ पुगेको छ । यसका साथै नेपाल रि को १.४७ प्रतिशत, एशियन लाइफको १.२८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१० प्रतिशत, शिखरको ०.७१ प्रतिशत, सिटिजन लाइफको ०.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, हिमालयन लाइफको ०.४६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.३९ प्रतिशत, सन नेपाल लाइफको ०.१९ प्रतिशत, सुर्यज्योति लाइफको ०.१५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ । बीमा कम्पनीहरुमा आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्नेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.५८ प्रतिशतले घटेर ४९९ रुपैयाँ कायम भएको छ ।

 त्यस्तै, एनएलजीको ०.७९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७३ प्रतिशत, नेपाल लाइफको ०.६४ प्रतिशत, युनाइटेड अजोडको ०.४५ प्रतिशत, नेशनल लाइफको ०.३७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत, एलआइसी नेपालको ०.०७ प्रतिशत र सानिमा जिआइसीको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.