काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.६० अंकले बढेर २६९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ । आज १९ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.१७ प्रतिशतले बढेर ५२३.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.०१ प्रतिशत, आइएमई लाइफको ०.१४ प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, नेपाल लाइफको ०.६५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६० प्रतिशत, सूर्यज्योति लाइफको ०.०३ प्रतिशत, सन नेपाल लाइफको ०.६५ प्रतिशत, हिमालयन एभरेष्टको ०.३३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२० प्रतिशत, नेको इन्स्योरेन्सको ०.९६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.०४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६२ प्रतिशत, आरबीसीएलको ०.१५ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.७७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३६ प्रतिशत, युनाइटेज अजोडको ०.४५ प्रतिशत, हिमालयन रि को ०.८४ प्रतिशत र नेपाल रि को १.१२ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने एनएलजी इन्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६४ प्रतिशतले घटेर ७९६ रुपैयाँ कायम भएको छ ।
यसका साथै नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशत, सानिमा जिआइसीको ०.४६ प्रतिशत, शिखरको ०.१६ प्रतिशत, सिटिजन लाइफको ०.३२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.१८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८० प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत, नेशनल लाइफको ०.३१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.११ प्रतिशतले सेयरभाउ घटेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                