काठमाण्डौ । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो.जियाउलहक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले बिराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जानपनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।