Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्सेमा दोहोरो अंकको वृद्धि,नयाँ अर्थमन्त्रीलाई हरियो झण्डाले स्वागत

Global IME Bank Limited
नेप्सेमा दोहोरो अंकको वृद्धि,नयाँ अर्थमन्त्रीलाई हरियो झण्डाले स्वागत
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३.५१ अंक अर्थात ०.६७ प्रतिशतले बढेर २ हजार ३०.५५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ३६०.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार  उपेन्द्र पाठक भन्छन्,‘नयाँ अर्थमन्त्रीको नियुक्ती पछि बजारले हरियो झण्डा देखाउँदै सकारात्मक रेसपोन्स गरेको छ । १२ वर्ष अघि उहाले पूँजी बजारका लागि गरेका राम्रा कामले लगानीकर्तामा केहि उत्साह देखिएको छ ।’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले ६० लाख लगानीकर्ताको हितका लागि काम गर्ने प्रतिवद्धता जाहेर गरेको र यसले लगानीकर्ताको मनोबल बढेको उनले बताए । ‘अहिले ब्याजदर घट्दो छ । नेपाल बैंक लगायत केहि बैंकले सिंगल डिजिट मै कर्जा दिईरहेका छन् । यसले बजारको माहोल सकारात्मक नै भएको जनाएको छ ।’ उनले भने ।  

नयाँ अर्थमन्त्रीले पूँजी बजारको विकासका लागि काम गरेर देखाउनुपर्ने समय आएको पाठक बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समुहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समुहमा हरियाली छाएको छ । आज निर्जीवन बीमा समुहमा सबैभन्दा धेरै अर्थात १.५६ प्रतिशतको वृद्धि देखिएको छ । आज बैंकिङ समूह ०.५५, विकास बैंक ०.७५,वित्त ०.२७,हाईड्रो १.१४,लगानी ०.४४,जीवन बीमा ०.३७,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त ०.८१ र अन्य समुह ०.६९ प्रतिशतले बढे ।  

यो दिन होटल समूह ०.२४,म्युचुअल फण्ड ०.७९ र व्यापार समुह ०.२५ प्रतिशतले घटे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सर्वाधिक अर्थात ५६ करोड २० लाख बढीको कारोबार भएको छ ।  

त्यस्तै शिवम् सिमेन्टको १६ करोड ४१ लाख,सोनापुर मिनरल्सको १३ करोड ४१ लाख,मोलुङ हाईड्रोपावरको १३ करोड ३७ लाख र हाथवे इनभेष्टमेन्टको ९ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । यो दिन चिरख्वा हाईड्रोको सेयरमूल्य ८.९७ प्रतिशत,मध्य भोटेकोशी जलविद्युतको ५.९६,बुद्धभुमी नेपाल हाईड्रोका ५.९६ र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ५.६४ प्रतिशतले बढेको छ ।  

आज एनआईसी एशिया ग्रोथ फण्डको मूल्यमा सर्वाधिक अर्थात ६.२१ प्रतिशतको गिरावट आएको छ ।  

यस्तैसामलिङ पावरको सेयरमूल्य ५.०२,बोटलर्स नेपाल(तराइ)को ४.३५ र जोशी हाईड्रोको सेयरमूल्य ३.४६ प्रतिशतले घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.