काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ । आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले बढेर ८२९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६९ प्रतिशत, सलिकोको ०.३७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.४१ प्रतिशत, हिमालयन लाइफको ०.३० प्रतिशत, एलआइसी नेपालको ०.४५ प्रतिशत र नेशनल लाइफको १.०२ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउनेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९९ प्रतिशतले घटेर ५०२ रुपैयाँ कायम भएको छ । त्यस्तै, एशियन लाइफको १.३८ प्रतिशत, सिटिजन लाइफको ०.७० प्रतिशत, गार्डियन माइक्रो लाइफको १.५४ प्रतिशत, आइएमई लाइफको ०.६१ प्रतिशत, नेपाल लाइफको ०.५५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०१ प्रतिशत, सूर्यज्योति लाइफको ०.५१ प्रतिशत, सन नेपाल लाइफको ०.३० प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.५९ प्रतिशत, नेको इन्स्योरेन्सको १.५९ प्रतिशत, नेको इन्स्योरेन्सको १.५१ प्रतिशत, एनएलजीको १.५९८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२२ प्रतिशत, आरबीसीएलको ०.५६ प्रतिशत, सानिमा जिआइसीको ०.४२ प्रतिशत, शिखरको ०.५८ प्रतिशत, युनाइटेड अजोडको ०.०७ प्रतिशत, हिमालयन रि को ०.३१ प्रतिशत र नेपाल रि को १.०३ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                