काठमाण्डौ । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ । पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ ।
अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २÷२ वटा पासपोर्ट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् । यो सेवा २०८२ जेठ १९ गते बाट लागू भएको हो, र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । सेवा रु. ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुनेछ ।
सामसुङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो । सामसुङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रा। लि। ले वितरित गरिरहेका देशभर रहेका २००ं अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।