बिहीबार, श्रावण ७,२०८३ 07:38:55
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 07:38:55
Bizshala
Global IME Bank Limited

नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा J&Co.,छिट्टै लक्जरी शोरूम सञ्चालन हुँदै

नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा J&Co.,छिट्टै लक्जरी शोरूम सञ्चालन हुँदै
New Office

काठमाण्डौ । विश्वप्रसिद्ध लक्जरी फेसन ब्रान्ड एम्पोरियो अरमानीले नेपालमा आफ्नो आधिकारिक उपस्थिति सुनिश्चित गर्दै J&Co. लाई नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता नियुक्त गरेको छ। यस साझेदारीसँगै नेपालको फेसन बजारमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लक्जरी फेसन ब्रान्ड प्रवेश गर्न लागेको हो।

एम्पोरियो अरमानी, इटालियन फेसन दिग्गज अरमानी ग्रुपअन्तर्गतको एक प्रमुख शाखा हो । जसले आधुनिक जीवनशैली झल्काउने उत्कृष्ट डिजाईनर आकर्षक एक्सेसरीहरू प्रदान गर्दै आएको छ। युवावर्गदेखि व्यवसायिक वर्गसम्ममा लोकप्रिय यो ब्रान्डले विश्वभर लक्जरी फेसनको पर्यायका रूपमा आफ्नो पहिचान बनाएको छ।

J&Co.अब एम्पोरियो अरमानीको सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापन गर्ने अधिकार प्राप्त कम्पनीको रूपमा नेपालमा परिचालित हुनेछ। कम्पनीले छिट्टै राजधानी काठमाण्डौको प्रमुख व्यापारिक क्षेत्रमाउच्चस्तरीय शोरूम सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट नेपाली ग्राहकले अन्तर्राष्ट्रिय स्तरको लक्जरी खरीद अनुभव लिन सक्नेछन्।

शुरुआती चरणमा, शोरूममा ट्राभल एक्सेसरी,ट्राभल एक्सेसोरीज, ब्याग, जुत्ता, वालेट तथाअन्य फेसन एक्सेसरीहरूउपलब्ध गराइनेछ। कम्पनीका अनुसार, आगामी चरणहरूमा ग्राहकको मागअनुसारअन्य उत्पादनहरूपनि थप गरिनेछ।

J&Co. का प्रवक्ताले भने, ‘एम्पोरियो अरमानी जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो। नेपालमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डप्रति चासो र माग बढ्दो क्रममा छ, र हामीले ग्राहकलाई विश्वस्तरीय अनुभव दिने प्रतिवद्धता जनाएका छौं।’

शोरूम उद्घाटनको मिति तथा विस्तृत जानकारी छिट्टै औपचारिक रूपमा सार्वजनिक गरिने जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.