काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचकृत ३२४ कम्पनीको एक करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसुचक ०.४४ प्रतिशतले बढेको छ । आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.१६ प्रतिशतले बढेर १७१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको १.९६ प्रतिशत, एनएलजीको ०.०३ प्रतिशत, आरबीसीएलको ०.२२ प्रतिशत, सानिमा जिआइसीको १.०६ प्रतिशत, एशियन लाइफको ०.९९ प्रतिशत, सिटिजन लाइफको ०.३८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.२८ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.१० प्रतिशत, आइएमई लाइफको ०.२० प्रतिशत, सूर्यज्योति लाइफको ०.३६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ६.१३ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ३.०३ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९२ प्रतिशतले घटेर ४४४ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालय लाइफको ०.३९ प्रतिशत, एलआइसी नेपालको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.१५ प्रतिशत, नेशनल लाइफको ०.०२ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ०.९६ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०१ रुपैयाँले घटेको छ।
यसका साथै हिमालयन एभरेष्टको ०.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०८ प्रतिशत, सलिकोको ०.३१ प्रतिशत, शिखरको ०.१४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०२ प्रतिशत र युनाइटेड अजोडको ०.२० प्रतिशतले घटेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                