आईतवार, फाल्गुन ३,२०८२ 12:39:03
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 12:39:03
Bizshala
Global IME Bank Limited

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचकृत ३२४ कम्पनीको एक करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसुचक ०.४४ प्रतिशतले बढेको छ । आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.१६ प्रतिशतले बढेर १७१० रुपैयाँ पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, आइजीआई प्रुडेन्सियलको १.९६ प्रतिशत, एनएलजीको ०.०३ प्रतिशत, आरबीसीएलको ०.२२ प्रतिशत, सानिमा जिआइसीको १.०६ प्रतिशत, एशियन लाइफको ०.९९ प्रतिशत, सिटिजन लाइफको ०.३८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.२८ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.१० प्रतिशत, आइएमई लाइफको ०.२० प्रतिशत, सूर्यज्योति लाइफको ०.३६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ६.१३ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ३.०३ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९२ प्रतिशतले घटेर ४४४ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालय लाइफको ०.३९ प्रतिशत, एलआइसी नेपालको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.१५ प्रतिशत, नेशनल लाइफको ०.०२ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ०.९६ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०१ रुपैयाँले घटेको छ। 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन एभरेष्टको ०.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०८ प्रतिशत, सलिकोको ०.३१ प्रतिशत, शिखरको ०.१४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०२ प्रतिशत र युनाइटेड अजोडको ०.२० प्रतिशतले घटेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.