काठमाण्डौ । रिडी पावर रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर बनेको कम्पनी हो । सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ । यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ ।
कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।
आधारभूत पक्षः
यस आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १३ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कूल पूँजी २ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ५५ लाख ९५ हजार रुपैँया रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा र बुक भ्यालु ९४.२७ रुपैयाँ मात्रै रहेको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिडको इन्डेक्सको आधारमा
फियर एण्ड ग्रिडको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको देखिन्छ । यदि फियर एण्ड ग्रिड इन्डेक्समा यस्तो इन्डेक्स ० देखि २० सम्म भएमा स्ट्रङ बियरिस, २० देखि ४० सम्म भएमा बियरिस , ४० देखि ६० सम्मलाई न्यूट्रल बुझिन्छ । ६० देखि ८० सम्म बुलिस र ८० देखि माथि एस सयसम्मलाई बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ ।
यो कम्पनी हाल ६० को विन्दुमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । हाल २६७ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनी ५२ साताको उच्च मूल्य ३०० र न्यून मुल्य १६० रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिसत सेयर सर्वसाधारणमा परिणत भएको छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्ड भन्दा माथी टिकेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर नजिक रहेको देखिन्छ भने हिस्टोग्राम पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसाआई न्यूट्रल जोनबाट माथी ५७ को तहमा चलेको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस यात्रामा चलेको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ३२८
प्रतिरोध २ – ३१०
प्रतिरोध १– २८६
पिभट् प्वइन्टः २६८
घटेमा सपोर्ट
सपोर्ट १– २४४
सपोर्ट २– २२६
सपोर्ट ३ –२०२

निष्कर्षः हालसम्मको वित्तीय अबस्थाको आधारमा आधारभूत रुपमा यो कम्पनी कमजोर नै देखिन्छ । प्रतिसेयर आम्दानी जम्मा ३२ पैसा र बुक भ्यालु ९४ रुपैयाँ मात्रै रहेको देखिन्छ । कम्पनीका केही आयोजना निर्माण हुने चरणमा नै रहेको कारण कम्पनीको वित्तिय रिपोर्ट हालको लागि भने खासै सन्तोषजनक देखिदैन । प्राविधिक रुपमा भने यो कम्पनीको सेयरमा बिस्तारै लगानीकर्ताहरुको आकर्षण बढ्दै गरेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्ट तथा अन्य इन्डिकेटरमा पनि बुलिस बन्दै गरको दखिन्छ ।
नोेटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।