काठमाण्डौ । दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधन निर्माणकर्ता कम्पनी टीभीएस मोटर कम्पनीले काठमाण्डौमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ। लायन्स क्लब अफ काठमाण्डौ न्यूवेभ्सर बुढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ–१, तौलुङ, चौकी डाँडा क्षेत्रमा १०० वटा बिरुवा रोपिएको हो।
यस्तै टीभीएस आईक्यूब प्रयोगकर्ताहरूले नेपालमा संयुक्त रूपमा ५० लाख किलोमिटरको यात्रा पूरा गरेका छन्। यस दिगो अभियानले १.४ लाख लिटर इन्धन बचत (जसको मूल्य रु २ करोड २० लाख) गर्न सफल भएको छ र यसबाट ३५० टन कार्बन उत्सर्जनमा कमी आएको कम्पनीले जनाएको छ । जुन १५ हजार वटा रूख रोपिएको बराबर वातावरणीय प्रभाव हो।
वृक्षारोपण कार्यक्रममा मिथाराम अधिकारी, मेयर, बुढानीलकण्ठ नगरपालिका, सुरेन्द्र लामा–१अध्यक्ष, बुढानीलकण्ठ नगरपालिका अखिल गुप्ता, कार्यकारी निर्देशक, जगदम्बा मोटर्स रमेश खरेल, पूर्व एसएसपी तथा समाजसेवी प्रेमराजा महत, वरिष्ठ कलाकार र लायन्स क्लब अफ काठमाण्डौ न्यूवेभ्स तथा जगदम्बा मोटर्स टिमका सदस्यहरूको उपस्थिती रहेको थियो ।