काठमाण्डौ । अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोइङले एकै महिनामा ३०३ वटा नयाँ अर्डर प्राप्त गरेको छ । कम्पनीले प्राप्त गरेको यो अर्डर बोइङको इतिहासकै छैठौं उच्च मासिक अर्डर हो ।
कम्पनीले मे महिनामा ४५ वटा हवाई जहाज आपूर्ति समेत गरेको छ । मे महिनमा बोइङले प्राप्त गरेको अर्डरमा कतार एयरवेजले गरेको अर्डर पनि समावेश छ । अमेरिकी राष्ट्रपतिको भ्रमणको क्रममा कतार एयरवेजले १३० वटा ७९७एस, ३० वटा ७७७एक्सएस र ५० वटा लङ–हल एयरक्राफ्ट अर्डर गरेको थियो ।
खाडी क्षेत्रको अर्को हवाई कम्पनी इथिहाडले पनि २८ वटा विमान अर्डर गर्ने जनाएको थियो । तर कम्पनीले अर्डर नगरेकाले मे महिनाको सूचीमा इथिहाडको उक्त अर्डर समावेश गरिएको छैन ।
यस्तै क्यानडाको वेष्टजेटले पनि ७ वटा ७३७ म्याक्स जेट अर्डर गरेको छ । कम्पनीले यसमा २ वटा ७३७एसको अर्डर समेत रद्द गरेको छ ।
मे महिनामा कुल ३ वटा अर्डर रद्द भएको कम्पनीले जनाएको छ ।