सोमबार, असार २,२०८२ 01:32:41
  • सोमबार, असार २,२०८२ 01:32:41
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, कारोबार भने घट्यो

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि, कारोबार भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.४७ अंकले बढेर २ हजार ६५५.८५ विन्दुमा पुग्यो ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४५३.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत बिहिबार भने बजारमा १२ अर्ब ५१ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘आज उत्पादन तथा प्रशोधन र हाईड्रो जस्ता समूहमा केही वृद्धि देखिएको छ । यद्यपी सबै समूह भने चल्न सकेन । बजार यतिबेला खासै बढ्न र घट्न पनि नसकेको अवस्था देखिन्छ । तर बजारलाई कारोबारको भने साथ रहेको छ ।’

यसले बजारमा कुनैपनि बेला मुभमेन्ट आउन सक्ने उनले बताए ।  

अर्का बजार जानकार सरोज भट्टराईले बजारमा केही समययता ट्रेण्ड परिवर्तन भएको र लगानीकर्ता भन्दा कारोबारी हाबी भएको बताए । बजारमा प्रविधिले फड्को मार्दै गर्दा लगानीकर्ता छिटो छिटो कमाउन लागि परेको र समग्र बजार साइडवेजमै चलेको उनले बताए ।  

‘आईपीओ निष्कासन पनि बढ्दै गरेकाले यसका लागि पैसा जोहो गर्न लगानीकर्ताले सेयर बिक्री गरिरहेकोृ पनि हुन सक्छन्,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात १.४७ प्रतिशतले बढ्यो ।  

यस्तै विकास बेंक समूह ०.४८ प्रतिशत,हाईड्रो ०.९६, निर्जीवन बीमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढ्यो ।  

लगानी समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज ०.७६ अंकले घट्यो । बैंकिङ समूह पनि आज ०.४४ प्रतिशत,फाइनान्स ०.५९,जीवन बीमा ०.५४,लघुवित्त ०.३१,म्युचुअल फण्ड ०.४१, होटल ०.०६ र अन्य समूह ०.४६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८९ करोड १ लाख,ङादी ग्रुप पावरको ८७ करोड २० लाख,बुटवल पावरको ६४ करोड ६० लाख, राधी विद्युतको ५० करोड ७४ लाख र माउन्टेन हाईड्रोको ५० करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ग्रिन डेभलपमेन्ट बैंक,पियोर ्रइनर्जी,छ्याङदी हाईड्रो र बरुण हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

युनियन हाईड्रोको सेयरमूल्य पनि आज ९.३४ प्रतिशत,राप्ती हाईड्रोको ७.२७ र सानिमा मिडिल तमोरको सेयरमूल्य ६.९९ प्रतिशतले बढ्यो ।  

नेपाल हाईड्रो डेभलपरको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.४३ प्रतिशतले घट्यो । मिड सोलु हाईड्रोको सेयरमूल्य पनि आज ३.८४ र दोल्ती पावरको सेयरमूल्य ३.४० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.