सोमबार, असार २,२०८२ 09:58:48
  • सोमबार, असार २,२०८२ 09:58:48
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, कारोबार १३.१८ अर्ब

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि, कारोबार १३.१८ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । साताको दोसो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.८० अंकले बढेर २ हजार ६५८.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०५ प्रतिशतले घटेर ४५३.१६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘बजारमा यतिबेला सेयर एक्युमुलेशन चलिरहेको छ । संस्थागत लगानीकर्ताले मध्यकालका लागि सेयर खरिद गरिरहेको हुन सक्छन् । अहिले समूहगत रुपमा परिवर्त हुँदै स्क्रिप्ट छान्ने सक्नेले राम्रो आर्जन गरिरहेका छन् ।’

उनले बजारलाई कारोबारले समेत साथ दिईरहेको बताए । बैंकको ब्याजदर सस्तो भएका कारण हाईड्रो समूह चलिरहेको उनले बताए ।  

अर्का बजार जानकार अजयसिंह थाप(जयशम्भु)भन्छन्,‘समग्रमा बजार २६ सयदेखि २७५० को बीचमा साइडवेज चलेको छ । बजारमा असारको प्रभाव पर्दै जाने भएकाले यो विन्दु अहिलेनै ब्रेक हुने सम्भावना कम देखिन्छ । यद्यपी साउन भदौमा सबैले बजार बढोस् भन्ने चाहेका कारण एउटा स्विङको सम्भावना भने कायमै रहेको देखिन्छ,’उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

होटल समूह आज सर्वाधिक बढ्यो । यो समूह आज ४.४७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.६० प्रतिशत, विकास बैंक ०.२०,जीवन बीमा ०.३८, लघुवित्त ०.७९,म्युचुअल फण्ड ०.३५ र निर्जीवन बीमा समूह ०.३८ प्रतिशतले बढ्यो ।  

आज घटेका ७ वटा समूहमध्ये फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । फाइनान्स समूह १.२६ प्रतिशतले घटेको आज हाईड्रो ०.९३, लगानी ०.२१,उत्पादन तथा प्रशोधन ०.०३,अन्य ०.३४ र व्यापार समूह ०.६८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९५ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै ङादी ग्रुप पावरको ९० करोड ३१ लाख,बुटवल पावरको ५८ करोड ७९ लाख,सिंगटी हाईड्रोको ५७ करोड ७४ लाख र राधी विद्युतको ५४ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज पियोर इनर्जी र पिपुल्स पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ८.३७ प्रतिशत,सोल्टी होटलको ६.३० र ओरियन्टल होटलको सेयरमूल्य ५.१३ प्रतिशतले बढ्यो ।  

अपर हेवाखोलाको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.५८ प्रतिशतले घट्यो । श्री इन्भेष्टमेन्टको सेयरमूल्य पनि आज ६.३३ प्रतिशत,सिनर्जी पावरको ४.८४ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.३५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.